सलमानलाई फेरि मार्ने धम्की, दुईजना शंकास्पद युवामाथि अनुसन्धान हुँदै « Khabarhub

सलमानलाई फेरि मार्ने धम्की, दुईजना शंकास्पद युवामाथि अनुसन्धान हुँदै


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

मुम्बई- बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन ।

फेरि सलमान खानलाई मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिएका हुन् ।

उनको कार बमले उडाउने कुरा धम्की पनि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष सलमानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली हानाहान भएको थियो, त्यसपछि उनलाई विभिन्न माध्यमबाट धेरै पटक धम्की आएको थियो ।

तर, सलमान खानलाई दिएको यो धम्की पछि प्रहरी कारबाहीमा लागेको छ । जसअनुसार यस धम्कीको घटनामा शंकास्पद दुई युवाको खोजी गरिएको छ ।

रिपोर्ट अनुसार सोमबार अर्थात अप्रिल १४ मा सलमान खानलाई धम्की आएपछि उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर दुईजना संदिग्ध युवाको खोजी गरिएको थियो ।

दुई युवा शङ्कास्पद अवस्थामा घुमफिर गरेको फेला परे पछि मुम्बई प्रहरीले उनीहरूलाइ नियन्त्रणमा लिएको थियो ।

यस अवधिमा ती मानिसको रातो टोपी हटाइयो, उनको पाइन्टको खल्ती छामियो र दुबै राम्रोसँग सुरक्षा जाँचसमेत गरिएको थियो । तर, कुनै प्रमाण नभेटे पछि शंकास्पद ती युवालाई ५ मिनेटको चेकजाँच पछि जान दिइयो ।

खासमा सन् २०२४ मा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली हानाहान भएदेखि उनको समस्या बढ्दै गएको छ।

यो घटनापछि सलमान खानको सुरक्षा एकपटक फेरि बढाइएको छ । अभिनेताको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर कुनै पनि कार पार्क गर्न अनुमति दिइएको छैन।

यसबाहेक कसैलाई पनि फोटो खिच्न पनि रोक लगाइएको छ । वास्तवमा सलमान खान, शाहरुख खान र अमिताभ बच्चन यस्ता स्टार हुन् ।

जसको घरबाहिर दर्शकको ठूलो भीड देखिन्छ तर सलमान खानलाई ज्यान मार्ने धम्की बाराम्बार आएपछि उनको सुरक्षा फेरि बढाइएको छ । उनको घरबाहिर पनि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : १६ बजे

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २