गाजामा चरम मानवीय सङ्कट « Khabarhub

गाजामा चरम मानवीय सङ्कट


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालय (ओसीएचए) ले सोमबार गाजाको मानवीय अवस्था सन् २०२३ अक्टोबरमा घेराबन्दी गरिएको इलाकामा इजरायली आक्रमण सुरु भएदेखि मानवीय सहायतामा निरन्तर नाकाबन्दीबीच ‘सम्भवतः सबैभन्दा खराब’ भएको बताएको छ ।

पछिल्लो बयानमा ओसिएचएले डेढ महिनादेखि कुनै पनि सहायता ढुवानी गाजामा प्रवेश नगरेको कुरा प्रकाश पार्दै भनेको छ, “युद्ध सुरु भएदेखि विगत १८ महिनामा मानवीय अवस्था सम्भवतः सबैभन्दा खराब भएको छ ।”

इजरायलले मार्च २ देखि मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ र गाजामा प्रवेश गर्ने सबै सीमा बन्द गरेको छ । दुई महिनाको युद्धविरामपछि मार्च १८ मा सैन्य कारबाही पुनः सुरु भएको छ ।

ओसिएचएले क्रसिङहरू बन्द र आन्तरिक आवागमन प्रतिबन्धका कारण आपूर्तिको गम्भीर अभावले अधिकारीहरूलाई मापन र रासन सहायता वितरण गर्न बाध्य पारेको पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : २१ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र