बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक « Khabarhub

बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेताबीच भेटवार्तापछि मन्त्रिपरिषद् बैठक डाकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको एक घण्टा लामो वार्तापछि मन्त्रिपरिषद् डाकिएको हो ।

नेताहरूले सरकारालाई घेरिरहेका बेला मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता गरिसकेर मन्त्रिपरिषद् बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच एक घण्टा लामो भेटवार्ता भएको थियो । यो वार्ताबारेमा एमाले नेता डा. राजन भट्टराईले सञ्चारकर्मीसँग पुष्टि गरेका छन् । दुई शीर्ष नेताबीच सरकारलाई प्रभावकारी बनाउने उपायबारेमा छलफल भएको थियो ।

यी दुई नेताबीच अहिलेलाई एकजुट भएर अघि बढ्ने समझदारी भएको बताइएको छ । केही दिनयता प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष २०८२ मा कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेपछि राजनीति तरंगित छ ।

एकातिर प्रचण्डले सरकारले ढल्ने बताइरहेका छन् भने अर्कातिर कांग्रेसमा पनि प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आक्रोश बढ्दो छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ५२ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.