देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति बैठक बोलाएका छन् ।

आगामी वैशाख १७ गते बुधबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक सूचना निकालेर बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि आह्वान गरेका छन् ।

पछिल्लो समय नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारलाई लिएर कांग्रेसमा आक्रोश बढिरहेको छ । सरकार कछुवाको गतिमा चलिरहेको भन्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापासहितले तीव्र आलोचना गरिरहेका छन् ।

नेताहरूको आलोचनाबीच सभापति देउवाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । अबको चानचुन एक वर्षपछि देउवा यही समीकरणबाट प्रधानमन्त्री बन्ने तर्खरमा छन् ।

उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनि यो सरकार फेल भइसकेको भन्दै कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने मत राखिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेरबदल हुन सक्ने बताइरहेका बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डाकिएको हो । यो बैठकमा कांग्रेसले सरकारका काम र एमालेसँगको सहकार्यको पनि औपचारिक रुपमा समीक्षा गर्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै