ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस् | Khabarhub Khabarhub

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टा लामो भेटवार्ता भएको छ । 

बिहान ११ बजेदेखि भएको एक घण्टा लामो भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूले सरकारबारे सार्वजनिक रूपमा दिएका अभिव्यक्तिबारे सोधीखोजी गरेका थिए ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एनपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला दुई नेता वार्तामा बसेका हुन् ।

मंगलबार मात्रै महामन्त्री थापाले सकरारको गतिलाई कछुवाको भन्दा सुस्त भनिदिए । उनले त्यति मात्रै नभएर प्रधानमन्त्रीको बेडसम्मै बिचौलियाको पहुँच रहेको तिखो टिप्पणी पनि गरिदिए । उता अर्का नेता कोइराला पनि यो सरकारलाई लिएर आक्रमक भइरहेका छन्।

एकपछि अर्का कांग्रेस नेताहरूले सरकार र त्यसको नेतृत्वकर्ता प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर घेर्न थालेपछि ओलीले सभापति देउवालाई नेताहरूको धारणा बुझेर आफूलाई खबर गर्न भनेका छन् ।

बालुवाटार स्रोतका अनुसार ओलीले देउवालाई नेताहरूको असन्तुष्टि चौतर्फी छरिँदा कांग्रेस-एमाले सरकारमाथि प्रश्न उठेको बताएका थिए । त्यहीकारण विपक्षीले खेल्ने ठाउँ पाएको पनि उनको तर्क थियो । ओलीले भने जस्तै कांग्रेस नेताहरूको असन्तुष्टिको स्वर बाक्लिँदै गर्दा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सरकार चाँडै ढल्ने बताइरहेका छन् ।

‘बाहिर विपक्षीहरूले खेल्ने मैका पाइरहेका छन् । सरकारले काम गर्न नसकेको कुरामा हामी सल्लाह गरेर कसरी अगाडि बढ्न सकिन्छ त्यहीअनुरूप जाउँला’, ओलीले देउवासँग भने, ‘बाहिर नेताहरू कराउँदै हिँडेका छन् । यहाँ बोल्नु हुन्न सभापतिज्यू, नेताहरूको धारणा बुझ्नपर्थ्यो । मैले हिजो एमाले सचिवालय बैठक राखेको थिएँ । मेरा साथीहरूले पनि कांग्रेस नेताको असन्तुष्टि छरिएकोमा तपाईंसँग छलफल गर्नु भन्नुभएको छ ।’ 

ओलीले यसो भनेपछि देउवाले पनि गठबन्धन तलमाथि नहुने बताएका थिए । उनले कांग्रेसमा आन्तरिक लोकतन्त्रको प्रयोग हुने भएकाले नेताहरूले प्रश्न गर्ने कुरामा शंका नगर्न ओलीलाई आग्रह गरे । त्यसपछि गठबन्धनमा कुनै खटपट नभएको र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यसबारे कुराकानी हुने भन्दै दुई नेताको बैठक सकिएको थियो । 

बालुवाटार स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकपछि ओलीले केही दिनमै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सम्भावना छ । यता देउवाले आगामी वैशाख १७ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि मंगलबार नै बोलाइसकेका छ्न् ।  

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ४२ बजे

कञ्चनपुरको लालझाडीमा स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन

कञ्चनपुर– लालझाडी गाउँपालिकामा ‘नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम’ सञ्चालन

निजामती सेवा ऐन शीघ्र जारी गर्न माग

भद्रपुर– झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित सङ्घीय निजामती

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य

सुनसरी : माटोमा जन्मेरमाटोको टीका लगाएपछिमाटो पनि मुटु हुँदोरहेछमाटो पनि

गैरआवासीय नेपालीलाई राज्यका निकायले चिन्ने नागरिकता दिन माग

काठमाडौं– गैरआवासीय नेपालीहरूले राज्यका निकायले चिन्ने नेपाली नागरिकता दिन माग

मनकामना धाममा २१६ किलोको घण्टी 

खाँदवारी– सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका–९ मा अवस्थित पवित्र धार्मिकस्थल मनकामना