भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- 'एकपक्षीय हेपाइ' को संयुक्त प्रतिकार गरौँ | Khabarhub Khabarhub

भियतनाममा चिनियाँ राष्ट्रपतिले भने- ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गरौँ


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले भियतनामलाई ‘एकपक्षीय हेपाइ’ को प्रतिकार गर्न आग्रह गरेका छन् । भियतनाम भ्रमणका क्रममा राष्ट्रपति सीले भियतनामलाई विश्वव्यापी खुला व्यापार प्रणालीलाई कायमै राख्न ‘एकपक्षीय हेपाइ’ को संयुक्त प्रतिकार गर्न आग्रह गरेका हुन् ।

अमेरिकाले चिनियाँ सामानमा अत्यन्त उच्च भन्सार महशुल घोषणा गरेपछि राष्ट्रपति सी अहिले दक्षिणपूर्वी एशियाली मुलुकको भ्रमणमा छन् । विदेश भ्रमणका क्रममा अर्को साम्यवादी मुलुक भियतनाम पुगेका सीले अमेरिकाको नाम नलिई एकपक्षीय हेपाइको प्रतिकार गर्न आग्रह गरेका हुन् ।

भियतनामी कम्युनिष्ट पार्टीका महासचिव टो लामसँगको भेटवार्ताका क्रममा राष्ट्रपति सीले एकपक्षीय हेपाइको संयुक्त प्रतिकार गर्ने बताएका हुन् । उनले भियतनामसँगै कम्बोडिया र मलेशियाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सीको भियतनाम भ्रमणले अमेरिकालाई ‘बिगार्ने’ लक्ष्य राखेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले चिनियाँ सामानमा १ सय ४५ प्रतिशत भन्सार शुल्कको घोषणा गरेका छन् भने चीनले पनि अमेरिकी सामानमा १ सय २५ प्रतिशत भन्सार महशुलको घोषणा गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ५३ बजे

माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीय: सूर्य थापा

काठमाडौं – नेकपा (एमाले)का सांसद सूर्य थापाले नेकपा (एकीकृत समाजवादी)

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज