पल शाह : ०८१ मा दुई फिल्म लगातार फ्लप, ०८२ को सुरुमै निर्माणतिर « Khabarhub

पल शाह : ०८१ मा दुई फिल्म लगातार फ्लप, ०८२ को सुरुमै निर्माणतिर


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वि.सं २०८१ फिल्म यात्रा नायक पल शाहका लागि सुखद रहेन । उनको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आए– ‘पुजार सार्की’, ‘रावायण’ र ‘मायावी’ ।

यीमध्ये फिल्म ‘पुजार सार्की’ हिट बन्यो । तर, पल शाह यस फिल्मको केन्द्रीय भूमिकामा थिएनन् । मल्टिस्टारर यस फिल्ममा नायक प्रदीप खड्का हाबी थिए । फिल्मको कथा प्रदीपलाई केन्द्र भागमा राखेर अगाडि बढेको छ ।

अर्थात्, ‘पुजार सार्की’ हिट हुनुको जस नायकका रुपमा पलले मात्र लिन पाउँदैनन् । यसको जस प्रदीप र आर्यन सिग्देललाई बढी जान्छ ।

उनको गत वर्षको दोस्रो फिल्म ‘रावायण’ फ्लप भयो । पलले चरित्र निर्माण गर्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । उनले चरित्र निर्माणमा राखेको नक्कली दाह्री अस्वभाविक देखिएको थियो । यसले गर्दा दर्शक उनीसँग निराश बनेका थिए ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन डेढ करोड हाराहारी मात्रै छ ।

पलको अर्को फिल्म ‘मायावी’को व्यापार पनि निराशजनक छ । यो फिल्मले करिब ७२ लाखको मात्रै व्यापार गरेको छ ।

‘मायावी’ले दर्शक र समीक्षक दुवैबाट सकारात्मक प्रतिक्रिया पाउन सकेन । फलतः फिल्म बक्स अफिसमा फ्लप बन्यो ।

यी तीन फिल्मलाई हेर्दा ०८१ पलको लागि सुखद मान्न सकिन्न । सोहीकारण होला पलले ०८२ मा नयाँ थलानी गर्ने घोषणा गरेका छन् । यो वर्ष भने उनले आफ्नो नायकको परिचयलाई निर्माताको रुपमा विस्तार गर्ने भएका छन् ।

नयाँ वर्षको अवसर पारेर पलले फिल्म ‘यानीमाया’ निर्माणको घोषण गरेका हुन् । यो फिल्म ‘पल शाह फिल्मस्को ब्यानरमा बन्ने भएको हो ।

यो फिल्म पलको डेब्यू निर्माण हो । यसैबाट फिल्म लेखक विकास सुबेदीले निर्देशनमा डेब्यू गर्दैछन् । विकासले ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ लेखेका छन् ।

‘यानीमाया’को लेखक पनि विकास आफैँ हुन् । उनका अनुसार यो फिल्म फ्यामिली ड्रामा कथामा आधारित छ ।

यस फिल्मको छायाङ्कन असारबाट हुने बताइएको छ । कलाकार चयनको काम भने बाँकी रहेको बुझिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ४७ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण