चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन « Khabarhub

चैत महिनामा बढ्यो घरजग्गाको कारोबार, चार अर्ब बढी राजस्व संकलन


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको चैत महिनामा घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनामा ४९ हजार आठ सय ३२ वटा लिखत पारित भएको हो । जुन कारोबार चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा बढी हो । 

सो महिनामा भएको घरजग्गा कारोबारबाट सरकारले तीन अर्ब २९ करोड दुई लाख २२ हजार दुई सय २९ रुपैयाँ पुँजगत लाभकर र चार अर्ब ३९ करोड ४६ लाख ८६ हजार आठ सय ७६ रुपैयाँ कुल राजस्व आम्दानी गरेको छ ।

चैत महिनामा देशैभरीमा मोरङ र झापा जिल्लामा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको छ । सो महिनामा मोरङमा ३२ सय १५ र झापा जिल्लामा २६ सय ६७ वटा घरजग्गा कारोबार भएको छ ।

विभागको तथ्यांकअनुसार सरकारले घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा एक अर्ब ३४ करोड ६९ लाख, भदौ महिनामा एक अर्ब १३ करोड १५ लाख, असोज महिनामा एक अर्ब ११ करोड ६२ लाख, कात्तिक महिनामा ९३ करोड ७७ लाख र मंसिर महिनामा एक अर्ब ३१ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

त्यस्तै, पुस महिनामा एक अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ रुपैयाँ, माघ महिनामा एक अर्ब ४५ करोड ५५ लाख ८८ हजार २०९ रुपैयाँ र फागुन महिनामा एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार पुँजीगत लाभकर आम्दानी गरेको थियो ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ३२ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले