सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ मा « Khabarhub

सौगात र बेनिशाको ‘सिटामोल’ साउन २३ मा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल र नायिका बेनिशा हमाल शीर्ष भूमिकामा रहेको फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ ।

निर्माण पक्षले नयाँ वर्षको अवसर पारेर सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति साउन २३ लाई तोकेको हो ।

पोस्टरमा सौगात र बेनिशालाई ग्रामीण जोडीका रुपमा प्रस्तुत गरिएको छ । वैशाखीको सहारामा उभिएका सौगातले हातमा रातो भाले बोकेका छन् । उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् ।

निर्माण पक्षका अनुसार फिल्मले माओवादी जनयुद्धको कथा समेटेको छ । सौगातले सिनेमामा जनयुद्धकोका घाइते व्यक्तिको भूमिका निर्वाह गरेको बताइएको छ ।

यस फिल्ममा सौगात र बेनिशासहित लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्माको अभिनय रहेने बताइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको ‘सिटामोल’को कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर साने मिलेर लेखेका हुन् ।

फिल्ममा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता यस फिल्मको लगानीकर्ता हुन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ५५ बजे

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा

आफ्नो देशलाई रोमानियासँग विलय गराउने पक्षमा भोट हाल्छु : मोल्दोभाकी राष्ट्रपति सन्दु

काठमाडौं– मोल्दोभाकी राष्ट्रपति माइया सन्दुले आफ्नो मुलुकलाई रोमानियामा विलय गराउने

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत

सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

काठमाडौं- विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना