फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक « Khabarhub

फिल्म ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’ को गीत मंगलबार सार्वजनिक भएको छ ।

काठमाडौंको कलमपोखरीस्थित एक हलमा यस गीतका गायक सुजन चापागाईं र झुमा लिम्बूको प्रत्यक्ष प्रस्तुतीका बीच गीत सार्वजनिक गरिएको हो ।

यस गीतको शब्द युवराज काफ्लेले लेखेका हुन् भने संगीत गायिका झुमाले नै भरेकी हुन् ।

फिल्मका निर्देशक नवीन चौहानले गीतबारे भने, ‘फिल्म वास्तविकता नजिक रहेकाले यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौं ।’

नायक विपीन कार्कीले फिल्ममा अभिनय गर्दा आफ्नो विद्यार्थी जीवनको सम्झना आएको बताए । उनले भने, ‘फिल्मम अटो भर्ने दृश्य छ । अटोमा मेरो यादहरू छन् । स्कुलमा रहँदा मेले धेरै साथीहरूलाई अटो लेखेको छु ।’

नायिका मिरुनाले भने गीतमा आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । उनले थपिन्, ‘मेरो पुर्खाहरूले गुनगुनाएको यो भाकामा आफैँले काम गर्न पाएकी छु ।’

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रालिको पहिलो फिचर फिल्म हो । यसमा विपीन र मिरुनासहित विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायत अभिनय रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : २६ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको