सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो : पूर्वमुख्यमन्त्री शर्मा | Khabarhub Khabarhub

सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो : पूर्वमुख्यमन्त्री शर्मा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरा भइरहेको बताएका छन् ।  

आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रममा उनले एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान नहुने बताए। 

पूर्वमुख्यमन्त्री शर्माले नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा, प्रशासकीयस्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारिरहेको बताए।

‘स्थानीय, प्रदेश सङ्घ तथा यसको व्यवस्थित परिचालनको अभावमा पनि अप्ठेरो भइरहेको छ । प्रदेश, सङ्घ र स्थानीय तहका फरकफरक योजना छन्, योजना जसमार्फत कार्यान्वयन भए पनि जनता नै लाभान्वित हुने हुन् भनेर काम गर्नुपर्छ। समन्वय र सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गरिनुपर्छ’, उनले भने । 

देश विकासका लागि जनप्रतिनिधि, जनता र सबै सरोकार भएकाहरूको फराकिलो बुझाइ र त्यसको कार्यन्वयनका लागि सहयोग गर्ने सोच हुन आवश्यक रहेको पूर्वमुख्यमन्त्री शर्माको भनाइ थियो।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ४७ बजे

पूर्वनिर्वाचन आयुक्त शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने