सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो : पूर्वमुख्यमन्त्री शर्मा « Khabarhub

सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो : पूर्वमुख्यमन्त्री शर्मा


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरा भइरहेको बताएका छन् ।  

आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले आयोजना गरेको जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रममा उनले एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान नहुने बताए। 

पूर्वमुख्यमन्त्री शर्माले नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा, प्रशासकीयस्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारिरहेको बताए।

‘स्थानीय, प्रदेश सङ्घ तथा यसको व्यवस्थित परिचालनको अभावमा पनि अप्ठेरो भइरहेको छ । प्रदेश, सङ्घ र स्थानीय तहका फरकफरक योजना छन्, योजना जसमार्फत कार्यान्वयन भए पनि जनता नै लाभान्वित हुने हुन् भनेर काम गर्नुपर्छ। समन्वय र सहकार्यको माध्यमबाट योजना कार्यान्वयन गरिनुपर्छ’, उनले भने । 

देश विकासका लागि जनप्रतिनिधि, जनता र सबै सरोकार भएकाहरूको फराकिलो बुझाइ र त्यसको कार्यन्वयनका लागि सहयोग गर्ने सोच हुन आवश्यक रहेको पूर्वमुख्यमन्त्री शर्माको भनाइ थियो।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ४७ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल