विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी « Khabarhub

विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई)ले कमजोर प्रदर्शन कायमै राखेको छ।

बुधबार भएको खेलमा स्कटल्यान्डले युएईलाई आठ विकेटले हरायो। १६२ रनको झिनो लक्ष्य स्कटल्यान्डले दुई विकेटको क्षतिमा १५४ बल बाँकी रहँदा पुरा गरेको हो।

जितपछि स्कटल्यान्ड १५ खेलमा १८ अङ्क सहित चौथौँ स्थानमा छ। युएई १६ खेलमा ६ अङ्क सहित सातौँ स्थानमा छ।

स्कटल्यान्डलाई जित दिलाउने क्रममा जर्ज मुन्सेले ४५ बलमा ५६ रन जोडे। ब्रेन्डन म्याकमुलेनले अविजित रहँदै ५१ बलमा ५० रनको योगदान गरे। कप्तान रिची बेरिङटनले पनि अविजित रहँदै २८ बलमा ३५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६१ रन बनाएको थियो। युएईका मोहम्मद बसिमले ६१ रन जोडे। स्कटल्यान्डका ब्राड कुरी र म्याकमुलेनले समान तीन विकेट लिए।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ४८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका आउन

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल फागुन ९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ९ गते शनिबार फागुन