विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी « Khabarhub

विश्वकप लिग-२ : युएईको निरन्तर कमजोर प्रदर्शन, स्कटल्यान्ड आठ विकेटले विजयी


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


915
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई)ले कमजोर प्रदर्शन कायमै राखेको छ।

बुधबार भएको खेलमा स्कटल्यान्डले युएईलाई आठ विकेटले हरायो। १६२ रनको झिनो लक्ष्य स्कटल्यान्डले दुई विकेटको क्षतिमा १५४ बल बाँकी रहँदा पुरा गरेको हो।

जितपछि स्कटल्यान्ड १५ खेलमा १८ अङ्क सहित चौथौँ स्थानमा छ। युएई १६ खेलमा ६ अङ्क सहित सातौँ स्थानमा छ।

स्कटल्यान्डलाई जित दिलाउने क्रममा जर्ज मुन्सेले ४५ बलमा ५६ रन जोडे। ब्रेन्डन म्याकमुलेनले अविजित रहँदै ५१ बलमा ५० रनको योगदान गरे। कप्तान रिची बेरिङटनले पनि अविजित रहँदै २८ बलमा ३५ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४७.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६१ रन बनाएको थियो। युएईका मोहम्मद बसिमले ६१ रन जोडे। स्कटल्यान्डका ब्राड कुरी र म्याकमुलेनले समान तीन विकेट लिए।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ४८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।