टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने « Khabarhub

टर्कीमा वार्ता गर्दै रुस र युक्रेन : पुटिन उपस्थित नहुने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – युक्रेन र रुसबीच बिहीबार शान्ति वार्ता हुँदैछ। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको आह्वानमा वार्ता हुन लागेको हो। टर्कीको इस्तानबुलमा हुने शान्ति वार्तामा रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन भने उपस्थित नहुने भएका छन्।

क्रेमिलनले जारी गरेको विज्ञप्ति अनुसार रुसको नेतृत्व राष्ट्रपतिका एआइडिई भ्लाडिमिर मेडिन्सकीले गर्ने छन्। यसअघि जेलेन्स्कीले पुटिनसँग आमनेसामने भएर वार्ता गर्न चाहेको बताएका थिए। युक्रेनी राष्ट्रपति जेलेन्स्की रुसी राष्ट्रपति एर्डोगान रेकेब तैयासँग भेट गर्नका लागि बिहीबार टर्कीमा नै हुने छन्।

सन् २०१९ को डिसेम्बरपछि पुटिन र जेलेन्स्कीको व्यक्तिगत भेटघाट भएको छैन। सन् २०२२ को मार्चमा रुसले युक्रेनमाथि आक्रमण गरेको केही दिन पछि भेट भएको थियो। त्यस वार्तापछि रुस–युक्रेन माथि अझ धेरै आक्रामक भएको थियो। पछिल्लो वर्षमा रुसले युक्रेनको पूर्वी भागमा धेरै नै असर गरेको छ।

गत शनिबार किभमा युरोपेली नेताले भेटघाट गरेका थिए। सोही भेटघाटको क्रममा ३० दिने युद्ध विराम लागू गर्न पुटिनलाई गरेको अनुरोधपछि पुटिनले युक्रेनलाई वार्ताको आह्वान गरेका हुन्। आइतबार ट्रम्पले जेलेन्स्कीलाई यो प्रस्ताव स्वीकार गर्न भने पछि जेलेन्स्कीले पनि आफै उपस्थित हुने कुरा बताएका हुन्।

बुधबार ट्रम्पले पुटिन उपस्थित हुने भएमा आफू पनि उपस्थित हुने कुरा बताएका थिए।अमेरिकी विदेशमन्त्री मार्क रुबियो बुधबार टर्की पुगेका छन्। सो वार्ता भन्दा अघि उनले नाटोका विदेश मन्त्रीलाई भेट्ने छन्।

रुबियो शुक्रबार इस्तानबुल पुग्ने छन्। त्यहाँ उनले युरोपेली समकक्षीसँग पनि युद्ध विरामको खाकाका बारे सल्लाह गर्ने छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : १२ बजे

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी

तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गर्न दलहरूलाई आयोगको पत्र

काठमाडौं- निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उमेदवार

समानुपातिकतर्फको सिट निर्धांरण, कुन दलले कति पाए ?

काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने गरी दलले प्राप्त