दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर « Khabarhub

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी खेलमा सहभागिता नजनाउने भएका छन्। भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आइपिएल दुई देश बिचमा युद्ध विराम भएसँगै १७ मे बाट सुचारु हुने तय भएको छ।

नौ करोड भारतीय रुपियाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याक गुरुकले बाँकी खेल नखेल्ने निर्णय गरेको फ्रेन्चाइजलाई जानकारी गराइसकेका छन्।

उनको स्थानमा बङ्गलादेशका सिम बलर मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन्। उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका म्याक गुरुक यस सिजन भने कमजोर साबित भएका थिए दिल्लीका लागि सुरुका ६ खेलमा पारीको सुरुवात गरेका उनले ५ पारीमा दोहोरो अङ्क छुन सकेका थिएनन्। ६ पारीमा ५५ रन मात्र जोडे पछि उनी बेन्चमा बस्न बाध्य भएका हुन्।

दिल्ली अन्य विदेशी खेलाडीको जवाफ पर्खिरहेको छ। यसमा माइकल स्टाकर्कका साथ फाफ डु प्लेसिस र ट्रिस्टियन स्टब्स छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ५७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।