दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर « Khabarhub

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने : रहमानलाई अवसर


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाका ब्याटर ज्याक फ्रेजर म्याक गुरुकले आईपीएलका बाँकी खेलमा सहभागिता नजनाउने भएका छन्। भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आइपिएल दुई देश बिचमा युद्ध विराम भएसँगै १७ मे बाट सुचारु हुने तय भएको छ।

नौ करोड भारतीय रुपियाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याक गुरुकले बाँकी खेल नखेल्ने निर्णय गरेको फ्रेन्चाइजलाई जानकारी गराइसकेका छन्।

उनको स्थानमा बङ्गलादेशका सिम बलर मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन्। उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए।

गत सिजन उत्कृष्ट प्रदर्शन गरेका म्याक गुरुक यस सिजन भने कमजोर साबित भएका थिए दिल्लीका लागि सुरुका ६ खेलमा पारीको सुरुवात गरेका उनले ५ पारीमा दोहोरो अङ्क छुन सकेका थिएनन्। ६ पारीमा ५५ रन मात्र जोडे पछि उनी बेन्चमा बस्न बाध्य भएका हुन्।

दिल्ली अन्य विदेशी खेलाडीको जवाफ पर्खिरहेको छ। यसमा माइकल स्टाकर्कका साथ फाफ डु प्लेसिस र ट्रिस्टियन स्टब्स छन्।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ५७ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,