चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी « Khabarhub

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित आरआर कम्प्लेक्समा बिहीबार बिहान आगलागी भएको छ ।

कपडा पसल समेत रहेकाे कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमाण्डमा २५ र थप १५ गरी ४० जनाको टोली खटिएको थियो ।

यस्तै प्रहरी वृत्त थानकोटबाट ३० जनाको टोली परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : ४७ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६