चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी « Khabarhub

चन्द्रागिरीको सतुङ्गलस्थित कपडा पसलमा आगलागी


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित आरआर कम्प्लेक्समा बिहीबार बिहान आगलागी भएको छ ।

कपडा पसल समेत रहेकाे कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमाण्डमा २५ र थप १५ गरी ४० जनाको टोली खटिएको थियो ।

यस्तै प्रहरी वृत्त थानकोटबाट ३० जनाको टोली परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : ४७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका