महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने « Khabarhub

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । नेपालले आज बहराइनसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर–३ को सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघिका खेलमा नेपालले बहराइनलाई हराउँदा हङकङसँगको पहिलो खेलमा अङ्क बाँडे पनि दोस्रो खेलमा पराजित भएको थियो । तीन खेलबाट नेपालको तीन अङ्क छ ।

९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह ‘सी’ मा रहेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १० : ५८ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ