जेनजी पुस्ता नेतृत्वमा आउनुपर्छ : वर्षमान पुन | Khabarhub Khabarhub

जेनजी पुस्ता नेतृत्वमा आउनुपर्छ : वर्षमान पुन


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् । 

विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्वद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उद्‌घाटन गर्दै पुनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताए । 

त्यसका लागि राजनीतिक दलहरूले पनि वातावरण बनाइदिनुपर्ने उनको भनाइ थियो । पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरुप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे । 

जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले काँग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियु हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे । 

‘जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैँमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो,’ पुनले भने । 

डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे । 

 ‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ ।  डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ’, पुनले भने,  ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’   

कार्यक्रममा अतिथि र क्रान्तिकारीका पदाधिकारी टिमबीच मैत्रीपूर्ण प्रतियोगितासमेत भएको थियो । 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ३१ बजे

स्वास्थ्य बीमा कार्यक्रम : काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा

काभ्रेपलाञ्चोक– स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रले

सिरहामा विद्युत् चुहावट बर्सेनि बढ्दो

सिरहा– सिरहामा विद्युत् चुहावटको मात्रा हरेक वर्ष बढ्दै गएको पाइएको छ

सर्पको टोकाइबाट एक जनाको मृत्यु

बाजुरा– यहाँको त्रिवेणी नगरपालिका–२ चौसाला एक युवकको सर्पको टोकाइबाट मृत्यु

महँगा र विलाशी वस्तु किन्न निषेध, वितरणमुखी कार्यक्रम पनि रोकिए

काठमाडौँ- सरकारले खर्च कटौतीको निर्णय गरेसँगै महँगा र विलाशी वस्तुको

अब कर्मचारीले नियमित कामको बैठकमा भत्ता लिन नपाउने

काठमाडौं– अब सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले नियमित कामको लागि