भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने | Khabarhub Khabarhub

भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

चितवन–  भरतपुर महानगरपालिका–१२ मा रहेको रामवेल सामुदायिक वनमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने भएको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिँदै वनको राइनो पार्क क्षेत्रको आठ बिगाहा क्षेत्रफलमा वन्यजन्तु उद्घारसमेत गर्न मिल्नेगरी संरचना निर्माण गर्न लागेको हो ।
 
आयोजनाको आज शिलन्यास गर्दै महानगर प्रमुख रेनु दाहालले पर्यटकीय गतिविधिसँगै  वन्यजन्तु उद्घारमा टेवा पुग्ने गरी पार्क निर्माण गर्न लागिएको बताए। प्रमुख दाहालले पूर्व–पश्चिम राजमार्गहुँदै आवत–जावत गर्नेहरुका लागि पनि पार्क उपयोगी हुने बताइन्।

 उनले भनिन्, ‘तीनै तहका सरकारको सामूहिक लगानीमा नमूना पार्क बनाइने छ ।’

उप–प्रमुख चित्रसेन अधिकारीले वन तथा वन्यजन्तु संरक्षणमा महानगरपालिका लागिपरेको जनाउँदै यसबाट नगरवासीले फाइदा लिन सक्नुपर्ने बताए। 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, महानगरपालिकाका प्रमुख प्रशासक अधिकृत लक्ष्मीप्रसाद पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, रामवेल सामुदायिक वनका अध्यक्ष माधव धिताल, पूर्वअध्यक्ष बेलबहादुर थापा लगायतले बोलेका थिए ।

वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्तले रु दुई करोड २३ लाख आठ हजार बजेटमा पार्क एवं खुल्ला चिडियाखाना बनाउन लागिएको बताए । सो क्षेत्रमा सङ्ग्राहलय, पाँच वटा पोखरी, वन्यजन्तु उद्घार केन्द्र, गोलघर, फुट ट्रेल लगायतका संरचना बन्ने बताए।
 

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ३६ बजे

विराटनगर महानगरको बेरुजु सबैभन्दा कम, ०.३२ प्रतिशत मात्रै

 विराटनगर– छ वटा महानगरमध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको

कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण

ऊर्जामन्त्री खड्का र एशियाली विकास बैँकका उपाध्यक्षबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र एशियाली विकास

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील

‘मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन सहकार्य आवश्यक’ 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूषणका