खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता घोषणा « Khabarhub

खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता घोषणा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।

जन्मेदेखि १५ महिनासम्मका १५३ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिए । 

खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एक बच्चाले सुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ । 

घोषणासभाको अवसरमा जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख अरुणादेवी राईलाई हस्तान्तरण गरे । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सो गाउँपालिका जिल्लाकै दोस्रो भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि रावाबेँसी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको थियो ।

खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाले पूर्ण खोप सुनिनिश्चतता तथा दिगोपना वडा घोषणा गरेर गाउँपालिका घोषणाका लागि पत्र पठाएको जनाइएको छ । यही जेठ १५ गतेभित्र जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाइँले जानकारी दिए ।

नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

खोप कार्यक्रमबाट कोही बञ्चित नहुन भन्ने उद्देश्यले ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : १७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका