मालीमा सबै राजनीतिक दल प्रतिबन्धित « Khabarhub

मालीमा सबै राजनीतिक दल प्रतिबन्धित


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । मालीमा सन् २०२० देखि सैन्य हुन्टाले शासन गरिरहेको छ ।

गत महिना आयोजित राष्ट्रिय सम्मेलनले सैन्य नेता जनरल अस्सिमी गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त सम्मेलनलाई विपक्षी पार्टीहरुले बहिष्कार गरेका थिए ।

राष्ट्रपति गोइटाले आदेश जारी गर्दै सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । बीबीसीका अनुसार गत वर्षदेखि माली सरकारले राजनीतिक दलमाथि दमन बढाएको थियो ।

गत साता मालीमा लोकतन्त्रको समर्थनमा आयोजित प्रदर्शनमा बन्दुकधारीको समूहले दुई जना विपक्षी नेतालाई नियन्त्रणमा लिएको थियो । ती बन्दुकधारीले आफूलाई प्रहरी अधिकारी बताएका थिए ।

विपक्षी नेतालाई बन्दुकधारीले नियन्त्रणमा लिइएको विषयमा सरकारले कुनै टिप्पणी गरेको छैन । सेनाले सत्तापलट गरेपछि लोकतान्त्रिक निर्वाचनको माग गर्दै आएका राजनीतिक दलले यस निर्णयको तीव्र प्रतिरोध गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ०९ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि