ऊर्जामन्त्री भन्छन्- मैले मन्त्रालय सम्हालेयता जलविद्युत् क्षेत्रमा धेरै काम भए « Khabarhub

ऊर्जामन्त्री भन्छन्- मैले मन्त्रालय सम्हालेयता जलविद्युत् क्षेत्रमा धेरै काम भए


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रको सहभागिता बढाउन पहल गरिरहेको बताएका छन् ।

ऊर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएको एउटा समूहका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत शेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

आफूले ऊर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारले नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।

त्यस अवसरमा मन्त्री खड्काले एनआरएनएको एउटा समूहका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई दिँदै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताए

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियम सहज बनाउनु पर्ने सुझाव दिए ।

एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे । उनले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ३७ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका