ऊर्जामन्त्री भन्छन्- मैले मन्त्रालय सम्हालेयता जलविद्युत् क्षेत्रमा धेरै काम भए « Khabarhub

ऊर्जामन्त्री भन्छन्- मैले मन्त्रालय सम्हालेयता जलविद्युत् क्षेत्रमा धेरै काम भए


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रको सहभागिता बढाउन पहल गरिरहेको बताएका छन् ।

ऊर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएको एउटा समूहका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरू देवी भट्टचन र जीत शेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।

आफूले ऊर्जामन्त्रालयको नेतृत्व सम्हालेयता जलविद्युत् क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारले नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।

त्यस अवसरमा मन्त्री खड्काले एनआरएनएको एउटा समूहका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई दिँदै देश विकासमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेको बताए

यसैगरी उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ऊर्जा क्षेत्रमा अपार सम्भावना भएको औल्याउँदै नीति नियम सहज बनाउनु पर्ने सुझाव दिए ।

एनआरएन अध्यक्ष श्रेष्ठले नीतिगत सुधार गर्दा विदेशमा बस्ने नेपालीले सिकेका सीप र पुँजीमार्फत देश विकास गर्न सकिने उल्लेख गरे । उनले आगामी दिनमा आफूहरु जलविद्युतको क्षेत्रमा काम गर्ने योजनामा रहेको बताए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ३७ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६