सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ? « Khabarhub

सुदन किरातीले सोधे- कुलमान हटेपछि अघोषित लोडसेडिङ सुरु भएको हो ?


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले देशमा फेरि लोडसेडिङ सुरू भएकोबारे बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा जिज्ञासा राखेका छन् ।

पूर्वपर्यटनमन्त्रीसमेत रहेका किरातीले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि देशभर अघोषित लोडसेडिङ सुरु भएको गुनासो जनताबाट आउन थालेको बताएका हुन्।

पूर्वी नेपाल भ्रमणपछि अधिकांश स्थानमा बत्ती गइरहेको देखिएको उनले उल्लेख गरे ।

‘घिसिङ हटेपछि बत्ती जान थाल्यो’ भन्ने जनगुनासो व्यापक रूपमा सुनिएको छ’, उनले भने, ‘विद्युत् प्राधिकरण घिसिङको कार्यकालमा नाफामा थियो । अहिले घाटामा गएको सुनिँदैछ ।’

किरातीले प्राधिकरणको नयाँ नेतृत्व (हितेन्द्रदेव शाक्य) ले संस्थालाई संकटग्रस्त देखाउनुलाई निजीकरणको पूर्वतयारी त होइन भनेर सरकारसँग प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ४८ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका