भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा « Khabarhub

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

भोजपुर–  यहाँको रामप्रसाद राई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ । 

भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो  स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयवासी अनिल राईले बताए। यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उनको भनाइ छ ।त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उनले जानकारी दिए ।

‘चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ’ उनले भने,’ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरुमा मादलको झै आवाज आउँछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।’

डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयवासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताए।

‘यो गुफा हेर्दा नै अनौठेको खालको छ’ उनले भने, ‘स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भुकम्पको कारण गुफामा पस्ने बाटो  केहि ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने आवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रुपमा पनि लिने गरिन्छ ।’

वडाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भइरहेको वडाध्यक्ष बाबुकुमार राईले बताए। यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उनले जानकारी दिए । 

नेपाल जलवायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। यो वर्ष सो कार्यक्रमबाट दश लाख लागतमा संरक्षणको काम भइरहेको उनको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए।

गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ३ : ३५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६