कर्णालीका सबै पालिकामा बीमाको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कँडेल « Khabarhub

कर्णालीका सबै पालिकामा बीमाको पहुँच पुर्‍याउनुपर्छ : मुख्यमन्त्री कँडेल


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली देशका मुख्यमन्त्री यामलाल कँडेलले बीमा विपद्को साथी भएको बताएका छन् । 

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कर्णाली प्रदेशमा उच्च जोखिम रहेकाले बिमा कम्पनीहरूले जनताको विश्वास जितेर विपद्को समयमा साथीको भूमिका खेल्नु पर्ने मुख्यमन्त्री कँडेलले बताएका हुन् । 

बीमा कम्पनी प्रति जनताको अविश्वास रहेकाले बीमा प्रतिको विश्वास बढाउने गरि बीमा कम्पनीहरूले काममा जोड दिनु आजको आवश्यकता भएको मुख्यमन्त्री कँडेलको बताए । बीमा क्षेत्रको पहुँच कर्णाली प्रदेशका सबै पालिकासम्म विस्तार गर्ने तिर ध्यान दिन मुख्यमन्त्री कँडेलले आग्रह गरे  ।

मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिक रूपमा विकट र विपद्को जोखिममा रहेको क्षेत्रमा बीमा सेवाको पहुँच जीवनरक्षक सावित हुन सक्ने भन्दै यस क्षेत्रका जनताको जीवनस्तर उकास्न बीमा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

 ‘जनताको विपद्को साथी बन्न बीमा क्षेत्रले अझ बढी उत्तरदायी बन्नुपर्छ,’ उनले भने, ‘कर्णाली प्रदेशका हरेक पालिकामा बीमा सेवा पुर्‍याउने दिशामा प्राधिकरणले पहल गर्नुपर्छ । केवल बीमा सुगम जिल्लामा मात्र केन्द्रित नभई दुर्गम जिल्लामा समेत सेवा विस्तार गर्ने कुरामा दिन ध्यान दिनुपर्छ ।’

कर्णालीमा स्वास्थ्य, कृषि, पशुपालन, आवास, तथा विपद् बीमा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न नेपाल बीमा प्राधिकरणलाई मुख्यमन्त्री कँडेलले अनुरोध गरे । 

कर्णाली सरकारले अन्य प्रदेशलाई सिको गर्न सक्ने गरी सामूहिक जोखिम बिमा र निजी घर बिमा जस्ता कार्यक्रम अघि बढेको मुख्यमन्त्री कँडेलले बताए । उनले बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै निकट भविष्यमा बीमा सेवा कर्णालीका घरघरमा पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : १५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६