उपप्रधानमन्त्री सिंह र एडीबी उपाध्यक्ष फातिमाबीच भेट  « Khabarhub

उपप्रधानमन्त्री सिंह र एडीबी उपाध्यक्ष फातिमाबीच भेट 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् । 

सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटका क्रममा एडीबीसँगको सहकार्यमा चलिरहेका आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे छलफल भएको छ । 

मन्त्रालयका सचिव गोपाल सिग्देलका अनुसार मन्त्रालयअन्तर्गतका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय पूर्वाधार विकास विभागमा एडीबीकोे ऋण सहयोगका आयोजना सञ्चालनमा छन् । 

उपप्रधानमन्त्री सिंह र उपाध्यक्ष फातिमाबीच मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने र थप सहकार्यका विषयमा सकारात्मक छलफल भएको सिंहको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : २० बजे

लेखनाथ होटल तथा रेष्टुरेन्ट एसोसिएसनको नयाँ कार्यसमिति चयन

गण्डकी– होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथको १८औँ वार्षिक साधारणसभा तथा

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह