सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु | Khabarhub Khabarhub

सरकारका यी ११२ संस्थान र निकाय, जहाँ भेटिएन एक रुपैयाँ पनि बेरूजु


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यलयले संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सरकारी कार्यलय र सरकारको पूर्ण स्वामित्वका संस्थाको लेखापरीक्षण गर्दा ११२ निकायमा बेरूजु शून्य देखिएको छ ।

आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन महालेखापरीक्षकको कार्यालयका परीक्षक तोयम रायले बुधबार राष्ट्रपति रामचन्द्र राष्ट्रपति पौडेलसमक्ष पेश गरिसकेका छन् ।

उक्त प्रतिवेदनले बेरूजु ९१ अर्ब ५९ करोड ७९ लाख पुगेको उल्लेख गरेको छ । त्यसमा असुल गर्नुपर्ने बेरूजु ३० अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुगेको जनाइएको छ । तर सरकारकै ११२ निकायमा एक रुपैयाँ पनि बेरूजु नरहेको भेटिएको छ ।

कार्यालयले सार्वजनिक गरेको बैसठ्ठीऔँ प्रतिवेदनको सारांशअनुसार गत आर्थिक वर्षमा संघीय सरकारी कार्यालयमा मात्रै असुल गर्नुपर्ने बेरूजु १८ अर्ब ३३ करोड २४ लाख रुपैयाँ पुगेको जनाएको छ ।

प्रतिवेदनअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको कार्यलयमा शून्य बेरूजु छ । मन्त्रालयगत रुपमा भएका विभागमा पनि बेरूजु छैन ।

अर्थ मन्त्रलयअन्तर्गत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषमा बेरूजु छैन । बीमा प्राधिकारण, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकसहतिका ६ वटा संस्थानमा पनि एक रुपैयाँ बेरूजु छैन ।

त्यस्तै, उद्योग मन्त्रालय अन्तर्गत ६ वटा निकायमा बेरूजु छैन । जसमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, धौवादी फलाम कम्पनी लिमिटेड, नेपाल औषधि लिमिटेड, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी र हेटौंडा सिमेन्ट उद्योगमा पनि बेरूजु छैन ।

ऊर्जा मन्त्रालय अन्तर्गतका ११ वटा संस्थामा पनि एक रुपैयाँ बेरूजु छैन । जसमा नेपाल विद्युत् प्राधिकारण, माथिल्लो अरुण, उत्तरगंगा, तनहुँ, तामाकोशी, दुधकोशी, मोदी, रघुगंगा, स्यार्पु र बूढीगण्डकी जलविद्युत् कम्पनी छन् । यसका साथै, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको पनि एक रुपैयाँ बेरूजु छैन ।

कृषि मन्त्रालय अन्तर्गत ५ संस्थानको बेरुजु शून्य छ । जसमा कृषि सामग्री कम्पनी, दूग्ध विकास संस्थान, नेपाल पशु चिकित्सा परिषद्, राष्ट्रिय दूग्ध विकास बोर्ड र स्यार्पू कृषि कम्पनीको बेरूजु छैन ।

खानेपानी मन्त्रालय अन्तर्गत काठमाडौं उपत्यका खानेपाली व्यवस्थापन बोर्ड र नेपाल खानेपानी संस्थान दुवैको एक रुपैयाँ पनि बेरूजु छैन ।

परराष्ट्र मन्त्रालय अन्तर्गत बीपी कोइराला नेपाल–भारत फाउन्डेसनको पनि एक रुपैयाँ बेरूजु छैन ।

सहकारी मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको पनि एक रुपैयाँ बेरूजु छैन । भौतिक पूर्वधार मन्त्रालय अन्तर्गत नेपाल पूर्वाधार निर्माण कम्पनीमा पनि बेरुजु छैन ।

वन मन्त्रालय अन्तर्गतको नेपाल वन निगममा पनि बेरूजु नभएको प्रतिवेदनमा उल्लेख छ । शिक्षा मन्त्रालय अन्तर्गतको जनक शिक्षा सामग्री केन्द्र र स्वप्न बगैंचा विकास समितिमा पनि बेरूजु छैन ।

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल नागरिक उड्यन प्राधिकारण, नेपाल वायुसेवा निगम, सांस्कृतिक संस्थान र पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा पनि बेरूजु छैन ।

संघीय मन्त्रालय अन्तर्गत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पनि बेरूजु छैन । सञ्चार मन्त्रालय अन्तर्गत गोरखापत्र संस्थान, प्रेस काउन्सिल र राष्ट्रिय समाचार समितिमा एक रुपैयाँ बेरूजु छैन ।

शहरी विकास मन्त्रालय अन्तर्गत नगर विकास कोष र राष्ट्रिय आवास कम्पनीमा पन बेरूजु छैन । स्वास्थ्य मन्त्रालय अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद र भक्तपुर क्यान्सर अस्पतालमा पनि बेरूजु छैन ।

कानुन मन्त्रालय अन्तर्गत कानुन किताब व्यवस्था समतिको पनि बेरूजु छैन । गृह मन्त्रालय अन्तरगत सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रमा पनि बेरूजु भेटिएन । रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेना बहुव्यवसाय उद्योग र श्रम मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषमा पनि बेरूजु भेटिएन ।

बेरूजुमध्ये तीनै तहको सरकारी कार्यालय, विभिन्न समिति तथा संस्थामा ५६ अर्ब १२ करोड ४२ लाख रुपैयाँ पुगेको छ । त्यस आर्थिक वर्षमा पाँच अर्ब ३४ करोड ४६ लाख रुपैयाँ पेश्की बाँडिएको महालेखाको सारांश प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्री कार्यलय अन्तर्गत नीति अनुसन्धान प्रतिष्ठानमा पनि बेरूजु छैन । सरकरको मातहतका २४ वटा समितिमा समेत बेरूजु एक रुपैयाँ पनि छैन । अन्य ४ संस्थानमा बेरूजु शून्य छ ।

प्रदेश अन्तर्गतका २६ संस्थानमा बेरूजु एक रुपैयाँ छैन । प्रदेश प्रमुखको कार्यालयमध्ये लुम्बीनीबाहेक अन्य प्रदेश प्रमुखको कार्यलयमा बेरूजु छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लेखापरीक्षकको कार्यलय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र न्याय परिषद्मा पनि बेरूजु छैन ।

महिला, दलित, समावेसी, मधेश, थारु र मुस्लिम आगोगमा पनि बेरूजु भेटिएन । त्यस्तै काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पनि एक रुपैयाँ बेरूजु भेटिएन ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : ३० बजे

राप्रपाको युवा संगठनले भन्यो– तरुण दलको भवन निर्माण गर्न राज्यकोषको रकम दुरुपयोग भयो

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

एजेन्सी – चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार देशका विभिन्न

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

सङ्खुवासभा– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको

बाढीपहिरो पीडितको रकम गायब बनाएका गाउँपालिका अध्यक्षलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

सुर्खेत- कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपहिरो पीडितका नाममा सङ्कलन भएको

पर्यटन प्रवर्द्धन गर्न लाङटाङ ट्रेल रन सुरु (तस्बिरहरू) 

काठमाडौं– लाङटाङ, क्यान्जिन भ्यालीसहित रसुवा र नुवाकोटको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले