मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी  « Khabarhub

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील सङ्घ संस्थाहरुबीच काममा दोहोरोपना हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ ।

मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अघि बढाएको हो । 

मन्त्रालयमा आयोजित बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य चुनौतीका रुपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।

‘मानसिक रोगीका सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् । यो समस्याबाट सबै जनसङ्ख्या प्रभावित हुन सक्ने देखिएको छ,’ उनले भने, ‘यसको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौँ ।’ तर यस क्षेत्रमा काम गर्नेले दोहोर्‍याएर नभै क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि बताए ।

 ‘बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्यपुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने तयारी अघि बढेको छ,’ मन्त्री पौडेलले भने । उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्य बारे जानकारी समावेश गरिने पनि बताए ।

उनले विद्यालय स्वास्थ्य दुत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रममार्फत बालबालिकामा मानसिक स्वास्थ्यसम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए ।

 ‘हामी यो समस्या समाधानमा तीन वटै सरकारको सहकार्य गरेर अघि बढ्दैछौ,’ उनले भने, ‘तबमात्र प्रभावकारी रुपमा मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सकिन्छ ।’

मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजानेबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : २८ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ