दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय « Khabarhub

दमकको बिजनेस टावर शुल्क लिएर सञ्चालन गर्न दिने सरकारको निर्णय


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापाको दमकमा झन्डै दुई अर्ब खर्चिएर बनाइएको १८ तले बिजनेस टावर सञ्चालनमा आउने भएको छ।

सरकारले उक्त बिजनेस टावस शुल्क लिएर सञ्चालन गर्न दिने निर्णय लिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २२ गते उद्घाटन गरेको टावर बेवारिसे जस्तै बनेको अवस्थामा सरकारको यो निर्णय आएको हो ।

मुलुक कोरोना महामारीमै रहेका बेला ओलीकै योजनामा दमक नगरपालिका–३, दापगाछीमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण सुरु भएको यो टावरबारे अत्यधिक चर्चा छ ।

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले दमक बिजनेस टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको बताए ।

उनले औद्योगिक सम्पतिसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्नसमेत स्वीकृति दिने निर्णय भएको बताए ।

प्रधानमन्त्री ओलीले ६ वर्षअघि यो टावरको शिलान्यास गरेका थिए । उक्त टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआईसी र आशीष ओम साइराम कम्पनीले संयुक्त रूपमा निर्माण गरेका हुन् । 

यो टावरको निर्माण दुई वर्षअघि सकिएको थियो । निर्माण सकिएको करिब दुई वर्षपछि झापाको दमकस्थित भ्युटवार सञ्चालनमा आउने भएको हो ।

गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए । यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए ।

बैठकले नेपाल प्रहरीका वरिष्ठ नायव निरीक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको पनि उनले बताए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ५ : ५१ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६