संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने « Khabarhub

संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालत तत्कालीन केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को बहुमतबाट ५२ जना पदाधिकारीको नियुक्ति विवादबारेको अन्तिम निर्णय आगामी जेठ २८ गते सुनाउने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारे जेठ २८ मा अन्तिम फैसला दिने भएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा बिहीबार बहस सकिएपछि निर्णय सुनाउने मिति तय गरिएको हो ।

इजलासले यस मुद्दामा आगामी जेठ १६ गतेभित्र बहस नोट पेश गर्न पनि आदेश दिएको छ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त सुनुवाइ चलेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक आयोगमा ५२ जनालाई नियुक्त गरेका थिए ।

सुरूमा अख्तियार प्रमुख प्रेमकुमारसहितलाई नियुक्ति दिलाएको ओली सरकारले दोस्रो पटकमा लोकसेवा आयोगका अध्यक्षसहित ५२ जनाको नियुक्ति गरेको थियो ।

संसद् विघटन भएपछि संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगमा नियुक्ति दिलाएको भन्दै सर्वोच्चमा रिट दर्ता गरिएको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट दर्ता भएदेखि चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्कीदेखि विश्वम्भरप्रसाद श्रेष्ठसम्मले यो मुद्दालाई पखा लगाउँदै आएका छन् ।

प्रकाशमान सिंह राउतले संवैधानिक इजलासको नेतृत्व गरेपछि संवैधानिक नियुक्तिको रिटले प्राथमिकता पाएर टुंगिने भएको हो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ०९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना