संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने « Khabarhub

संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवाद : जेठ २८ गते फैसला सुनाइने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालत तत्कालीन केपी शर्मा ओलीको पालामा संवैधानिक परिषद्को बहुमतबाट ५२ जना पदाधिकारीको नियुक्ति विवादबारेको अन्तिम निर्णय आगामी जेठ २८ गते सुनाउने भएको छ ।

सर्वोच्चको संवैधानिक इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्तिबारे जेठ २८ मा अन्तिम फैसला दिने भएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा बिहीबार बहस सकिएपछि निर्णय सुनाउने मिति तय गरिएको हो ।

इजलासले यस मुद्दामा आगामी जेठ १६ गतेभित्र बहस नोट पेश गर्न पनि आदेश दिएको छ । गत माघ ३० गतेदेखि प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त सुनुवाइ चलेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी अध्यादेश जारी गरी ५२ जनालाई संवैधानिक निकायमा नियुक्त गरेका थिए । ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक आयोगमा ५२ जनालाई नियुक्त गरेका थिए ।

सुरूमा अख्तियार प्रमुख प्रेमकुमारसहितलाई नियुक्ति दिलाएको ओली सरकारले दोस्रो पटकमा लोकसेवा आयोगका अध्यक्षसहित ५२ जनाको नियुक्ति गरेको थियो ।

संसद् विघटन भएपछि संसदीय सुनुवाइ नगरी संवैधानिक आयोगमा नियुक्ति दिलाएको भन्दै सर्वोच्चमा रिट दर्ता गरिएको थियो । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट दर्ता भएदेखि चोलेन्द्र शम्शेर जबरा, हरिकृष्ण कार्कीदेखि विश्वम्भरप्रसाद श्रेष्ठसम्मले यो मुद्दालाई पखा लगाउँदै आएका छन् ।

प्रकाशमान सिंह राउतले संवैधानिक इजलासको नेतृत्व गरेपछि संवैधानिक नियुक्तिको रिटले प्राथमिकता पाएर टुंगिने भएको हो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ०९ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक