कलम त्यागेर मुक्तिनाथमा साधनारत योगी ! « Khabarhub

कलम त्यागेर मुक्तिनाथमा साधनारत योगी !


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- मानिसको जीवनले कुनबेला कुन रुपमा काँचुली फेर्छ भन्ने पत्तो नहुने रहेछ । भारतको कश्मिरमा जन्मिएका सफल चिकित्सक शिवनाथ डोगरे नेपालको विकट हिमाली भेगमा आएर खप्तड बाबाको नामबाट प्रख्यात होलान् भन्ने कसलाई थाहा थियो र ?

डोटी जिल्लाको ठूलो हिमाली क्षेत्र उनकै नामबाट नामाकरण गरिएको छ । मानव धर्म र धर्म विज्ञान विषयमा खप्तड बाबाले लेखेका पुस्तक देश–विदेशमा लोकप्रिय छन् ।

यसैगरी बिहार राज्यको सासाराममा जन्मिएका पेशाले लडाकू जहाजका पाइलट कपिल सिंह पाइलट बाबाका नामले आध्यात्मिक गुरु बनौंला भनेर स्वयम् उनैले कल्पना गरेका थिएनन् ।

नेपालको प्रख्यात तपोभूमि मानिने मुक्तिनाथमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले योगीका रुपमा वर्षौं बिताएको अनुभव उनैले बाँडेका छन् । आफूलाई भारतीय सञ्चारमाध्यमको पूर्वपत्रकार बताउने एकजना योगी मुक्तिनाथमा भेटिए ।

सांसारिक जीवनको मोह त्यागेर योगी भएका सोमानन्द नेपाली भूमिको आध्यात्मिक महत्वका विषयमा धाराप्रवाह बखान गरेर थाक्दैनन् । उनले देखेको मुक्तिनाथको महिमा कस्तो छ ? कलम चलाउने उनी कसरी योगसाधनामा लीन भए ?

योगीसँग लेखक

पढौँ उनकै शब्दमा

म पूर्व पत्रकार हुँ । हिन्दुस्तान टाइम्समा १८ वर्ष काम गरेको अनुभव छ । जुन नयाँ दिल्लीबाट प्रकाशित हुन्थ्यो । सन् २००६ मा पत्रकारिता छाडेँ । त्यसपछि म यो बाटोमा हिँडेको हुँ । त्यसपछि म फर्किएर गएको छैन । मेरो गुरुले मलाई सोमानन्द नाम दिनुभएको छ ।

म यहाँ बस्न लागेको आठ वर्ष पूरा हुनै लागेको छ । माथि (मुक्तिनाथ मन्दिरभन्दा माथिल्लो भेग) विष्णु चुला मन्दिर छ । विष्णु चुला मन्दिरबाट मुक्तिनाथ मन्दिर आउने जाने गर्दै आएको छु । म बनारस (भारत)मा जन्मिएको हुँ ।

म यहाँ आउँदा त्यो स्थानमा कोही जाँदैन थिए । हिम चितुवा मेरा साथी हुन्थे । पछि सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो । त्यो रकम कुनै राम्रो सन्यासीको हातमा थियो । उनले सबै रकम खर्च गरे ।

दोस्रो पटक फेरि १० लाख आयो । स्थानीय बौद्ध धर्मावलम्बीहरू लाई चित्त बुझेन । काम सम्पन्न गर्न अवरोध भयो । त्यो रकम यिनीहरूले सत्यानाश गरिदिए । काम गरेका मजदुरहरूले पैसा पाएनन् ।

उनीहरूले कहिले बाख्रा काटेर टाउको फालेर जाने गरे । म विष्णु चुलाबाट तल झर्दा उनीहरू त्यहाँ रगत पोखेर जान्थे । एक महिना अघिको कुरा हो, लद्दाख (भारत)बाट लामाहरूको १० जनाको समूह आएको थियो ।

उनीहरूले त्यहाँ पुत्ला बनाएर जमिनमुनि गाडे । जसरी शमशानको क्रिया हुन्छ, त्यही क्रियाकर्म गरे । त्यहाँ बसेर मदिरा सेवन गरे । टोलीको नेतृत्व गरेर आएको लद्दाखको लामा चार घण्टापछि बेहोस भयो ।

माथि एउटा प्राचीन शिला छ । जसलाई विष्णु चुला भनिन्छ । विष्णु चुलाको अक्ष कति गहिरो छ भन्ने कुनै जानकारी छैन, यो अक्षमा उभिएको छ । यो प्राकृतिक डिजाइन हो । त्यसमा चक्र देख्न सकिन्छ । त्यसमा भगवान विष्णुको मत्स्य अवतार देखिन्छ । त्रिशुल देखिन्छ । शेष नाग देखिन्छन् ।

चुलाको मतलव यो हो कि भगवान विष्णु २५ लाख वर्ष पहिले मुक्ति क्षेत्रमा आउनुभएको थियो । उहाँ आउनुका दुई वटा कारण थिए । पहिलो कारण एउटा रूद्र थिए, उनको नाम जालान्धर थियो । उनकी पत्नीको नाम वृन्दा थियो । जालन्धर पनि भगवान शिवकै एक भाग थिए ।

जब भगवान इन्द्रले जालन्धरका साथ छल गरेपछि उनी क्रोधित भए । त्यसपछि सबै देवी–देवता पहाडमा जान लागे । गुफामा लुक्न लागे । देवी–देवताहरू भगवान विष्णु समक्ष गए । विष्णु चाहँदैन थिए कि यसलाई मोक्ष मिलोस् । जालान्धर मारिने छैनन् किनकि उनकी पत्नी सती हुन्, त्यसकै प्रभावबाट यी बाँचिरहेका छन् ।

विष्णुले छल गरे, उनी जालन्धरको भेष धारण गरेर गए । उनले सतीको सतित्व भंग गरे । सतीले श्राप दिइन् । तिम्रो मनमा दया नहोस्, तिमी पत्थर हुनू । दोस्रो कारण, गण्डकी माता ।

यहीँबाट गण्डकीको प्रादुर्भाव भएको छ । दामोदर कुण्डबाट कालीको उत्पति भएको छ । दुवैको संगम पछि काली गण्डकी बनेको छ । सवै देवीहरू तपस्वी, योगिनी, अप्सरा हुन् । तप गर्दा विष्णुसँग वरदान लिएका थिए कि तपाईं हामीलाई पुत्ररूपमा प्राप्त हुनू । यिनै दुई कारणले भगवान विष्णुलाई यो स्थानमा आउन परेको थियो ।

जालन्धर मारिसकेका थिए । विष्णुलाई श्राप त लागिसकेको थियो सतीदेवीको । यहाँ आएर उनले जालन्धर र उनकी पत्नी वृन्दाको मुक्तिका लागि तप गरेका थिए । मुक्तिनाथ मन्दिरबाट देखिँदैन त्यो तप गरिएको विष्णु कुण्ड ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ३६ बजे

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र

जग्गा वर्गीकरण म्याद थपे पनि विराटनगरमा कारोबार सुस्त

काठमाडौं– सरकारले जग्गा वर्गीकरणको म्याद २०८३ असार मसान्तसम्म थपे पनि

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं– सङ्घीय राजधानी काठमाडौँकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका