जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग « Khabarhub

जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले आगामी आर्थिक वर्षको बजेटमा जनसङ्ख्या र मानव विकास सूचकांकको आधारमा रकम विनियोजनको माग गरेको छ । मोर्चाको बिहीबार बसेको बैठकले मधेश-तराई र पिछडिएको क्षेत्रमा जनसङ्ख्या र मानव विकास सूचकांकको आधारमा बजेट विनियोजन गर्नुपर्ने माग गरेको हो ।  

मोर्चा घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले बजेट विनियोजनका लागि सरकारसँग माग गर्ने निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टी, नेपालका नेता केशव झाले जानकारी दिए । 

उनले संविधान संशोधन, भूमीसम्बन्धी विधेयक, बन्दी रिहाई, मोर्चाको कार्यविधि र मोर्चाले आगामी दिनमा गर्ने कार्यक्रमहरूबारे खाका बनाएर अर्को बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन पनि दिएको छ । 

बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालको उपस्थिति रहेको थियो । 

यस्तै बैठकमा मोर्चामा आवद्ध विभिन्न दलका नेताहरू रामनरेश राय, लालबीर चौधरी, केशव झा, शिवजी राय, शर्वेन्द्रनाथ शुक्ल, अब्दुल खान, अनिल महासेठ, सन्तोष मेहता, मनिष सुमन, ब्रजकिशोर सिंह, ज्ञानेन्द्र झा, रामकुमार शर्मा पनि उपस्थित थिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ६ : ३४ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६