‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि गीत सार्वजनिक गरेको हो ।

चलचित्रको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण छ । संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ । काब्यात्मक गीतले सिनेको स्तर झल्काउँछ ।

गीतमा बुद्धिसागरको शब्दरचना रहेको छ । संगीत निश्चल बस्नेतको छ । सलिन मगरको स्वर रहेको छ ।गीतको भिडियोका मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् ।

‘के घर के डेराः घर नं २’ले जेठ २ गते (शुक्रबार) रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेराः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १० : १४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६