‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो) « Khabarhub

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को ‘ढुंगा देउता भयो’ बोलको गीत सार्वजनिक भएको छ । निर्माणपक्षले सिनेमा रिलिजको केही घण्टा अगाडि गीत सार्वजनिक गरेको हो ।

चलचित्रको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण छ । संघर्ष र चोटहरूले नै व्यक्तिलाई बलियो बनाउने बिम्बका रूपमा ढुंगा र देउतालाई ल्याइएको छ । काब्यात्मक गीतले सिनेको स्तर झल्काउँछ ।

गीतमा बुद्धिसागरको शब्दरचना रहेको छ । संगीत निश्चल बस्नेतको छ । सलिन मगरको स्वर रहेको छ ।गीतको भिडियोका मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् ।

‘के घर के डेराः घर नं २’ले जेठ २ गते (शुक्रबार) रिलिज हुँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेराः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १० : १४ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ