एकैस्थानमा १७ सय बढीले गरे रक्तदान « Khabarhub

एकैस्थानमा १७ सय बढीले गरे रक्तदान


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित महोत्सवमा जिल्लाका सातवटै पालिकाबाट रक्तदाता सहभागी भएका थिए ।

सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् ।

रक्तदाता दिवसको अवसरमा सोसाइटीले महोत्सव आयोजना गरेको हो । हरेक वर्ष जुन १४ मा अन्तर्राष्ट्रिय रक्तदाता दिवस मनाइन्छ ।

रक्तदानप्रति अग्रसर हुने सन्देश दिन बृहत् कार्यक्रम आयोजना गरिएको सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले बताए ।

रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले जानकारी दिए ।

यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ साल फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ५७ बजे

बराह सहकारी ठगीका मुख्य योजनाकार विश्वकर्मा पक्राउ

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले ५ अर्ब ८८ करोड रुपैयाँभन्दा

मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव

काठमाडौं– सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी

भोटेकोसी बाढीमा बेपत्ता दोलखाका ५९ जनालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

दोलखा– रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई

निवर्तमान आईजीपी कार्कीको रिटमा कारण देखाउ आदेश, छलफलमा बोलाइयो

काठमाडौँ – सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले

एनपीएल इलिमिनेटर : जिते अघि, हारे घर, मैदानमा काठमाण्डु र चितवन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज