निर्देशक यमको फिल्म ‘मिरमिरे’मा दोहोरिइन् सिर्जना « Khabarhub

निर्देशक यमको फिल्म ‘मिरमिरे’मा दोहोरिइन् सिर्जना


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरमिरे’मा नायिका सिर्जना निङ्लेखुको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

सिर्जनाले डेब्यू फिल्म ‘कार्साङ’मा निर्देशक यम शर्पासँग सहकार्य गरेकी थिइन् । ‘मिरमिरे’मा उनीहरुको दोस्रो सहकार्य हुने भएको हो । ‘कार्साङ’ यमको पनि डेब्यू फिल्म हो ।

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र गायक प्रकाश सपुत शीर्ष कलाकारको भूमिकामा अनुबन्ध भइसकेका छन् ।

सिर्जनाको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन । उनी फिल्ममा दयाहाङ र प्रकाशमा कोसँग जोडी बाँध्दैछिन् निर्माण पक्षले यो कुरा भने गोप्य राखेको छ ।

सिर्जना डेब्यू फिल्म ‘कार्साङ’मा भने दयाहाङको जोडीको भूमिकामा देखिएकी थिइन् । दयाहाङसँग पनि सिर्जनाको दोस्रो सहकार्य हुनेछ ।

निर्देशक शेर्पा नै ‘मिरमिरे’ लेखेका हुन् । ग्रामिण परिवेशको कथामा फिल्म बन्ने उनले खुलाएका छन् ।

यार्सा फिल्मको प्रस्तुतीमा बन्ने यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । यो फिल्म यही वर्ष प्रदर्शनमा ल्याउने योजनमा निर्देशक शेर्पा रहेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ४७ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,