निर्देशक यमको फिल्म ‘मिरमिरे’मा दोहोरिइन् सिर्जना « Khabarhub

निर्देशक यमको फिल्म ‘मिरमिरे’मा दोहोरिइन् सिर्जना


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरमिरे’मा नायिका सिर्जना निङ्लेखुको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

सिर्जनाले डेब्यू फिल्म ‘कार्साङ’मा निर्देशक यम शर्पासँग सहकार्य गरेकी थिइन् । ‘मिरमिरे’मा उनीहरुको दोस्रो सहकार्य हुने भएको हो । ‘कार्साङ’ यमको पनि डेब्यू फिल्म हो ।

फिल्ममा यसअघि नै नायक दयाहाङ राई र गायक प्रकाश सपुत शीर्ष कलाकारको भूमिकामा अनुबन्ध भइसकेका छन् ।

सिर्जनाको भूमिकाबारे निर्माण पक्षले खुलाएको छैन । उनी फिल्ममा दयाहाङ र प्रकाशमा कोसँग जोडी बाँध्दैछिन् निर्माण पक्षले यो कुरा भने गोप्य राखेको छ ।

सिर्जना डेब्यू फिल्म ‘कार्साङ’मा भने दयाहाङको जोडीको भूमिकामा देखिएकी थिइन् । दयाहाङसँग पनि सिर्जनाको दोस्रो सहकार्य हुनेछ ।

निर्देशक शेर्पा नै ‘मिरमिरे’ लेखेका हुन् । ग्रामिण परिवेशको कथामा फिल्म बन्ने उनले खुलाएका छन् ।

यार्सा फिल्मको प्रस्तुतीमा बन्ने यस फिल्मको निर्माताहरु निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन् । यो फिल्म यही वर्ष प्रदर्शनमा ल्याउने योजनमा निर्देशक शेर्पा रहेका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ४७ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान