ज्ञानेन्द्र शाहीले सभामुखलाई भने- ‘तपाईँको दादागिरी बन्द गर्नुहोस्’ « Khabarhub

ज्ञानेन्द्र शाहीले सभामुखलाई भने- ‘तपाईँको दादागिरी बन्द गर्नुहोस्’


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेको बेला संसद् बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ ।

राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् भने रास्वपाका सांसदले बेल घेराउ गरे पनि सभामुख घिमिरेले संसद् सुचारु गरे पछि राप्रपा र रास्वपा आक्रोशित भएका हुन् ।
 
आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग पुनः दोहोराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा पुर्‍याइन संसद् सुचारु गरेको भन्दै आपत्ति जनाएका छन्। ‘संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,’उनले भने, ‘यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ०० बजे

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को

दार्जिलिङमा गीतकार आर.बी. खड्काको ‘फर्केर हेर्दा’ भव्य रूपमा लोकार्पण

दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको

भ्रष्टाचार नियन्त्रण गर्न सक्ने कांग्रेस बनाउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : निर्मला बास्ताकोटी

काठमाडौँ – नेपाली कांग्रेसकी नेत्री निर्मला बास्ताकोटीले भ्रष्टाचार नियन्त्रण गर्न