ज्ञानेन्द्र शाहीले सभामुखलाई भने- ‘तपाईँको दादागिरी बन्द गर्नुहोस्’ « Khabarhub

ज्ञानेन्द्र शाहीले सभामुखलाई भने- ‘तपाईँको दादागिरी बन्द गर्नुहोस्’


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिपक्षीले अवरोध गरिरहेको बेला संसद् बैठक चलाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आलोचना गरेको छ ।

राप्रपा सांसद प्रतिनिधिसभा बैठकमा आफ्नो आसनमा उभिएका छन् भने रास्वपाका सांसदले बेल घेराउ गरे पनि सभामुख घिमिरेले संसद् सुचारु गरे पछि राप्रपा र रास्वपा आक्रोशित भएका हुन् ।
 
आफूहरूका माग बेवास्ता गरेर प्रतिनिधिसभाको बैठक चलाइनु ‘दादागिरी’ भएको टिप्पणी गरेको राप्रपाले भिजिट भिसा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग पुनः दोहोराएको छ।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा दोषीमाथि कारबाही गर्नुपर्ने विषय टुंगोमा पुर्‍याइन संसद् सुचारु गरेको भन्दै आपत्ति जनाएका छन्। ‘संसद्‌मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ कि हुँदैन,’उनले भने, ‘यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो, दादागिरी बन्द गर्नुस् ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ०० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली