नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ « Khabarhub

नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भयो : सांसद् बजगाईँ


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपालको एकीकरण गर्ने गोरखामा बजेट कटौती भएको आरोप लगाएका छन् । सांसद बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोरखा जिल्ला लुकेको कर्णाली हो भन्ने थाहा हुँदा हुँदै पनि बजेट कटौती गरेको आरोप लगाए ।

‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ !’ उनले भने ।

यसैको विरोधस्वरुप सांसद बजगाईँ आज संसदको बैठकमा दर्शकदीर्घामा बसेका थिए ।

सांसद बजगाईँले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नबुझेको पनि टिप्पणी गरे । ‘सायद तपाईँले गोरखामा बिना सडकको पुल निर्माण गर्ने तत्कालिन पूर्वाधारमन्त्रीको पक्षपोषण गर्नुभयो !’ उनले भने ।

प्रजातान्त्रिक मूल्यको मर्म नबुझेका र देशको भूगोलप्रति आवश्यक समझदारी नराख्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल गोरखा मात्र नभइ देशभरिका लागि बजेटको न्यायसङ्गत वितरण गर्न अयोग्य रहेको उनको भनाइ छ ।

‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ— जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।’ उनले भने ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : १६ बजे

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि