ठूलो बजेट ल्याउने सुविधा हुँदा पनि आफू सन्तुलित भएको अर्थमन्त्रीको दाबी « Khabarhub

प्रतिनिधि सभा बैठक

ठूलो बजेट ल्याउने सुविधा हुँदा पनि आफू सन्तुलित भएको अर्थमन्त्रीको दाबी

नयाँ बजेट ल्याइसक्दा पनि पुरानोप्रति गुनासो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूलो बजेट ल्याउने सुविधा भए पनि आफू सम्हालिएको तर्क गरेका छन्‌ ।

अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटमा मामिलामा आफ्नै प्रतिरक्षा गरेका हुन्‌ ।

पौडेलले यही जेठ १५ गते संसद्‌मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका थिए । आफूले आर्थिक वर्षको सुरु दिनदेखि नै कार्यान्वयन गरिरहेको चालु बजेटमै असफल हुँदा क्षमताभन्दा ठूलो आकारको बजेट ल्याएको भन्दै अर्थमन्त्री पौडेलको आलोचना भइरहेको छ ।

तर, संसद्‌ बैठकमा आफ्नो प्रतिरक्षा गर्दै पौडेलले भने, ‘कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेटको आकार करिब २८ प्रतिशत रहेको छ । सामान्यतयाः जीडीपीको ३० प्रतिशतसम्मको बजेट आकारलाई यथार्थपरक मान्ने चलन छ । त्यसकारण यो आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ ।’

पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको, अन्तरसरकारी वित्त हस्तान्तरणमा वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब चार अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्ने सन्दर्भमा यसका केही पृष्ठभूमिहरू रहेको भन्दै अर्थमन्त्री पौडेलले चर्चा गर्न थालेका थिए । आफ्ना पूर्ववर्ती वर्षमान पुनले ल्याएको चालु आर्थिक वर्षको बजेटतिर अर्थमन्त्री पौडेल केन्द्रित भए ।

चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशतले प्रस्ताव गरिएको, चालु आर्थिक वर्षको सुरुमा २२५ अर्ब सरकारी कोष ऋणात्मक अवस्थामा रहेको, साँवा र ब्याजको भुक्तानीका लागि राजस्वको ३५ प्रतिशत हिस्सा खर्च हुने अवस्था रहेको,बहुवर्षीय दायित्व करिब ६ खर्ब रुपैयाँभन्दा माथि रहेको पौडेलले उल्लेख गरे ।

अनिवार्य दायित्व नै करिब १३ खर्ब पुगेको अवस्था रहेको र चालु आर्थिक वर्षको बजेटमा न्यून विनियोजन गरिएका तलब, पेन्सन, कैदीबन्दीको सीदा लगायतका चालु खर्चमा न्यून विनियोजन गरिएको रकमको आकार करिब २५ अर्ब रहेको पनि अर्थमन्त्रीले बताए ।

यी विभिन्न परिस्थितिका बीचबाट आफूले आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान आफूले पेश गरेको बताउँदै पौडेलले अघिल्लो सरकारका अर्थमन्त्रीले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरे ।

चालु आर्थिक वर्षको विनियोजनको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार ५.५ प्रतिशतले वृद्धि गरिएको हिसाब पनि अर्थमन्त्री पौडेलले सुनाए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  २ : ४० बजे

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा