रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो « Khabarhub

रास्वपालाई माओवादीको आग्रह- बजेटको छलफलमा भाग लिनुहोस्, माग सम्बोधन भइसक्यो


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सदनको गतिरोध खुलाउन एमालेसँग भएको सहमतिमा कुनै लेनदेन नभएको स्पष्ट पारेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा पुनले २ बुँदे सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै यसमा कुनै लेनदेन नभएको स्पष्ट पारेका हुन् । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने प्रतिबद्धता आएपछि आफूहरूले त्यसलाई स्वीकार गरेको उल्लेख गरे । उक्त प्रकरणमा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ भन्ने माग यथावत् नै रहेको उनले बताए ।

पुनले प्रतिपक्षीहरूले राखेको माग अनुसार सरकार ३० दिनभित्र छानबिन गर्ने सहमत भइरहेकाले बजेटको छलफलमा भाग लिन रास्वपालाई सुझाव दिए । उनले रास्वपा नयाँ दल भएकाले अन्य दलसँग संसदीय प्रक्रियाको अनुभव लिँदै अघि बढ्न आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएकाले अन्य दललाई जबरजस्ती पेलेर अघि बढ्न सकिन्छ भन्ने मानसिकता त्याग्न पनि उनले आग्रह गरे । पुनले संसदीय अङ्कगणित फेरबदल भइरहने भएकाले सभामुखले पनि संवादको वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री र सत्तापक्षले पनि सदनमा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए । त्यस्तै बजेटमाथिको छलफलका क्रममा पुनले अर्थतन्त्रको समस्या समाधानमा बजेटले ध्यान दिन नसकेको बताए । 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ०० बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप