प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक « Khabarhub

प्रतिपक्षी र सरकारबीचको विवादले बस्न सकेन कर्णाली प्रदेशसभाको बैठक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने दिन आज प्रदेशसभाको बैठक बस्न सकेको छैन । कर्णालीमा सरकार र प्रतिपक्षबीचको विवादले आज दिउँसो ३ः०० बजे बस्ने भनिएको प्रदेशसभाको बैठक बस्न नसकेको हो । 

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले आयोजना बैङ्क नै सार्वजनिक नगरेर सरकारले बजेट ल्याएका कारण विवाद भएको र यसमा सहमति जुट्न नसकेपछि बैठक बस्न नसकेको बताए। मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रभन्दा अन्य जिल्लाको योजनासमेत आफैँले पेस गरेको पाइएको उनको भनाइ छ ।   

प्रमुख सचेतक जिसीले भने, ‘सरकारले एकलौटी तरिकाले आफूखुसी बजेट ल्याएको छ । आयोजना बैङ्कका नाममा ल्याएको यो बजेट अपारदर्शी छैन, आयोजना बैङ्कमा के–कस्ता योजना छन् भन्नेबारे समेत थाहा छैन ।’ 

प्रमुख प्रतिपक्षी दललाई थाहा नदिएर ल्याइएको बजेटले ‘अवैध र चोर बाटो’ अँगालेको मात्र नभई आग्रह–पूर्वाग्रहपूर्ण तरिकाले आफ्ना योजना मात्र समावेश गर्ने गरेको उनको आरोप छ ।

कर्णाली प्रदेशसभा सचिवालयका प्रवक्ता नेत्र खत्रीले विवाद सुल्झाउन कार्य व्यवस्था परामर्श समितिको बैठक बसे पनि प्रतिपक्षी दल र सरकारबीच सहमति हुन नसकेको जानकारी दिए । 

उनका अनुसार अब प्रतिपक्षी दल र सत्ता गठबन्धन दलका शीर्ष नेतृत्वबीचको छलफलबाट निकास निस्कने उनले विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ५८ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर