टिकटकर रमा बस्नेत पक्राउ « Khabarhub

टिकटकर रमा बस्नेत पक्राउ


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी बासिन्दा र हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया टिकटकर बस्नेतलाई नेपाल प्रहरीको
साइबर ब्यूरोले पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी एसपी दीपक राज अवस्थीका अनुसार बस्नेतलाई आज भक्तपुरबाट नियन्त्रणमा लिइएको हो। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियोजित रूपमा जातीय तथा साम्प्रदायिक सद्भावमा खलल पु¥याउने, प्रतिष्ठित व्यक्ति र संस्थालाई लक्ष्यित गर्दै तथ्यहीन तथा भ्रामक सामग्री प्रकाशित–प्रसारित गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।

प्रहरीका अनुसार बस्नेतले सार्वजनिक व्यक्तित्व तथा संस्थाहरूमाथि निराधार आरोप लगाउँदै चरित्र हत्या गर्ने खालका सामग्रीहरू प्रसारण गर्ने कार्य निरन्तर गर्दै आएकी थिइन्।

उनीविरुद्ध इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरिएको छ भने काठमाडौं जिल्ला अदालतको आदेशमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ४७ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले