इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू « Khabarhub

इजरायलीको मृत्युको बदलामा इरानले ‘ठूलो मूल्य’ चुकाउँछ : प्रधानमन्त्री नेतान्याहू


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली नागरिकको हत्याका लागि इरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् । तेल अभिभ नजिकैको तटीय शहरमा रहेको आवासीय भवनमा क्षेप्यास्त्र प्रहार भएको स्थलको भ्रमणका क्रममा नेतन्याहूले भने, “इरानले नागरिक, महिला र बालबालिकाको सुनियोजित हत्याका लागि ठूलो मूल्य चुकाउनु पर्नेछ ।”

इरानले शनिबार राति र आइतबार बिहान इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणमा परी १० जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलको हवाई प्रतिरक्षा प्रणालीबाट छिरेका क्षेप्यास्त्रले बट याम, तेल अभिभ र देशको उत्तरी क्षेत्रमा पनि क्षति र विनाश निम्त्याएको छ ।

इजरायलको सैन्य सेन्सरसिपले पत्रकारहरूलाई देशभित्र क्षेप्यास्त्र प्रहारको फुटेज वास्थान सार्वजनिक गर्न निषेध गरेको छ । नेतन्याहूले शुक्रबार बिहानदेखि इरानमा सैन्य र आणविक स्थलहरूमा गरिएको आक्रमणको लहरलाई सङ्केत गर्दै भने, “इजरायलले यो अभियान सञ्चालन गर्नु पूर्णरूपमा आवश्यक थियो।”

‘राइजिङ लायन’ नाम दिइएको यो अभियानको आधिकारिक उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु हो र यसले २५० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको इजरायली सेनाले जनाएको छ । नेतन्याहूले इरानको आणविक कार्यक्रम र ब्यालेस्टिक क्षेप्यास्त्र क्षमतातर्फ सङ्केत गर्दै भन्नुभयो, “हामी हाम्रा सबै उद्देश्यमा पुग्नेछौँ र हामी दोहोरो अस्तित्वको खतरालाई अन्त्य गर्नेछौँ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ४३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर