मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा « Khabarhub

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मङ्गलसेन बजारभित्रको सबै फोहोर मध्यपहाडी राजमार्गअन्तर्गत ठूलासैन–मङ्गलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो ।

मङ्गलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे । नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ ।पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ ।

बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कखुराको भुत्ला, मदिराका बोतलहरु लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ ।

यसरी जताभावी फोहोर फालिँदा जङ्गल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताएका छन् । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ ।

फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुङ्गानाले बताए । करिब एक वर्षदेखि फोहोर त्यहाँ फाल्ने गरेको उनले बताए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : ०४ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न