गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द | Khabarhub Khabarhub

गर्मी बढेपछि बर्दिवासका विद्यालय तीन दिन बन्द


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – विगत केही दिनदेखि एक्कासी गर्मी बढेपछि महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्नो नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गरेको छ ।

बर्दिवास नगरपालिकाले एक सूचना जारी गर्दै आजदेखि लागू हुने गरी नगरक्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि पठनपाठन बन्द गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव रेवतीप्रसाद पराजुलीद्वारा हस्ताक्षरित सूचनामा विगत केही दिनदेखि बढ्दै गएको अत्यधिक गर्मी तथा तातो हावाका कारण मौसम प्रतिकूल भएको हुँदा विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शैक्षिक सत्र २०८२ को बर्षे बिदाबाट कट्टा हुने गरी असार १ गतेदेखि ३ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गर्न गराउन सूचना जारी गरिएको उल्लेख गरिएको हो ।

महोत्तरीमा करिब दुई सातादेखि तापक्रम ४० डिग्रीदेखि ४२ डिग्रीसम्म बढेपछि स–साना बालबालिकाहरु बढी प्रभावित हुन थालेपछि बर्दिवास नगरपालिकाले तीन दिनसम्म सम्पूर्ण विद्यालयको पठन पाठन बन्द गरेको हो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : २२ बजे

महोत्तरीमा थारू संग्रहालय भवन निर्माण गरिँदै

महोत्तरी- आदिवासी थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा

कसरी भयो सुनको भाउमा १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट ?

काठमाडाैं – सुनको मूल्यमा तीव्र गिरावट आएको छ। महँगो धातुको

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने

५० ओभर नै स्पिनर प्रयोग गर्ने पहिलो टोली बन्यो वेस्ट इन्डिज

काठमाडौं – वेस्ट इन्डिजले बंगलादेशविरुद्धको एकदिवसीय श्रृङ्खलामा नयाँ इतिहास रचेको

माल्दिभ्समा चम्किएकी कामना बिष्ट

काठमाडौँ- नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना बिष्ट माल्दिभ्समा जारी नाइबोली