युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने « Khabarhub

युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने

५० दिनमा वार्ताका लागि तयार नभए कडा कर नीति लिने


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्। साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन्।

‘हामीले युक्रेनको यसो गर्न चाहेमा गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ,’ नाटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटमा उनले भने।

अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे। युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन्। यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ।

ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ।
ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटरमा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन्।

रुसी आक्रमणबाट बच्दै त्यहाँका बासिन्दाको ज्यान जोगाउने विषयमा ट्रम्पसँगको वार्ता केन्द्रित भएको उनले बताए।

ट्रम्पले ५० दिन भित्रमा रुस वार्ता र शान्तिका लागि तयार नभएमा रुसका व्यापारिक साझेदारलाई लक्षित गर्दै शतप्रतिशतसम्म सेकेन्डरी ट्यारिफको निर्णय गर्ने बताएका छन्।

उदाहरणका लागि भारतले रुसबाट तेल खरिद गरिरहेमा भारतीय सामानमा अमेरिकामा थप १०० प्रतिशत आयात करा लगाइने छ। यो नीतिले मस्कोमा सामान निर्यात गरेर हुने आम्दानीलाई घटाउने र हतियारमा खर्च गर्ने रकमको अभाव हुने ट्रम्पको विश्वास छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : १६ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक